Monday, June 18, 2018

निदान अस्पतालमा बाथ रोग सम्बन्धी नि:शुल्क शिविर, ४७ जना बाथ रोगी भेटिए

ललितपुर-

पुल्चोकस्थित निदान अस्पतालले बाथ रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शनिबार सञ्चालित शिविरमा १ सय २० जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो। आएका बिरामीमध्ये ४७ जनामा बाथ रोग भेटिएको निदानका बाथ रोग विशेषज्ञ डा अञ्जल विष्टले जानकारी दिए। 
अधिकांशमा बाथका कारण हड्डी खिइने समस्या देखिएको र त्यसमा पनि मेरुदण्ड र घुँडाको समस्या धेरै पाइएको उनले बताए।
बाथको परीक्षणपछि बिरामीहरुलाई रोगको प्रकृति अनुसार परामर्श पनि दिइएको अस्पतालले जनाएको छ। शिविरमा निःशुल्क परामर्शका साथै ल्याब टेस्ट र एक्स-रेमा ३० प्रतिशत छुट दिइएको थियो।